सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो



कैलाली, भदाैँ ११
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

बुधबार कैलालीका २ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ११ पुगेको हो । मृतक मध्ये अछामका १, बझाङ्गका २, बाजुराका २ र कैलालीका ६ जना रहेको सामाजिक बिकास मन्त्रलायले जानकारी दिएको छ । त्यसैगरी कोरोना निको हुनेको संख्या ४ हजार ७७५ पुगेको छ ।

हालसम्म ५६ हजार ७७१ जनाको पिसिआर बिधिबाट परीक्षण ५ हजार ५१० मा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए । जसमा १ हजार ५७० जनाको स्वाब नतिजा आउन बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News