मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्री अ‌ोलीको तयारी




काठमाडौं, भदौ ११
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेका छन् । नेकपा विवाद समाधानका लागि गठित कार्यदलले दिएको सुझावका आधारमा प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेका हुन् ।

पौडेल नेतृत्वको कार्यदलले अध्यक्षद्वय ओली र दाहाललाई गत भदौ ६ गते (शनिबार) साँझ प्रतिवेदन बुझाएको थियो । कार्यदलकोे प्रतिवेदनमा ‘सचिवालय सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था, कानुन, प्रवन्ध र निश्चित मापदण्डको आधारमा संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन र राजनीतिक नियुक्तिसम्बन्धी निर्णय गर्ने’ उल्लेख गरिएकोे थियो ।

सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्नेबार थप स्पष्ट पार्ने नेपाल निकट एक नेता बताउँछन् । मन्त्रिमण्डल पुनर्गठन गर्दा नेकपाभित्रका तीन धारलाई सम्मानजनक स्थान दिने तयारी भएको स्रोतले जनाएको छ ।

तर अहिले नै प्रदेश सरकार पुनर्गठन गर्ने विषयमा दुई अध्यक्ष बीच छलफल नभएको स्रोतको दाबी छ । सात प्रदेशमध्ये अहिले ६ प्रदेशमा नेकपाको सरकार रहेको छ ।

प्रधानमन्त्री ओलीले २०७४ फागुन ३ मा पहिलो पटक यस कार्यकालको मन्त्रिमण्डल गठन गरेका थिए । त्यसयता प्रधानमन्त्री ओलीले ९ पटक मन्त्रिमण्डल पुनर्गठन गरी सकेका छन् । २०७४ फागुन ३, १४ र चैत १२ गते मन्त्रिमण्डल गठन गरिएको थियो । त्यसपछि २०७५ जेठ १८, साउन १८ र फागुन १६ मा विस्तार गरिएको थियो । पछि २०७६ साउन १५, मंसिर ४ र फागुन ५ मा पनि मन्त्रिमण्डल पुनर्गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News