थप १ हजार १११ जनामा संक्रमण, ५६९ डिस्चार्ज, ८ जनाकाे मृत्यु पुष्टि



काठमाडौं, भदाैँ ११
नेपालमा आज बिहीवार थप १ हजार १११ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लाे २४ घण्टामा १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै थप ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । याेसँगै नेपालमा कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २० हजार ७३ पुगेको मन्त्रालयले जनाएकाे छ । यस्तै थप ८ जनाकाे मृत्यु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News