काठमाडाैंमा २७० सहित उपत्यकामा थप ३ सय ७७ जनामा कोरोना पुष्टि



काठमाडौं, भदाैँ ११
उपत्यकामा पछिल्लो २४ घन्टामा थप ३७७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयद्वारा नियमित आयोजना गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

गौतमका अनुसार पछिल्लो काठमाडौं जिल्लामा पछिल्लो २४ घन्टामा २७० जनामा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै ललितपुर र भक्तपुरमा क्रमशः ६६ र ४१ जनामा संक्रमण देखिएको हो । यससँगै नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ८५ जना संक्रमित थपिएका छन् । यससँगै नेपालमा हालसम्म ३५ हजार ५ सय २९ जना संक्रमित पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News