विश्वमा कोरोना पुष्टि गर्ने डाक्टर निलम्बित, लाग्यो यस्तो आरोप




विश्वमा सबैभन्दा पहिले कोरोना संक्रमण पुष्टि गर्ने डाक्टर निलम्बित भएका छन् । चीनस्थित अस्पतालका प्रमुखलाई निलम्बन गरिएको हो।

काइसिन वेबसाइटका अनुसार वुहान सेन्ट्रल हस्पिटलका प्रमुख चाई लीलाई पदबाट निलम्बन गरिएको हो।

चीनका स्वतन्त्र सञ्चारमाध्यमका अनुसार कोरोना महामारी सुरुवातका बेला चीनविरुद्ध अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेका कारण उनलाई निलम्बन गरिएको हो।

गत फेब्रुअरीमा त्यही अस्पतालका नेत्र विशेषज्ञ डाक्टर ली वेनलियाङको मृत्यु भएको थियो। जसले डिसेम्बर ३० तारिखमा आफ्ना सहकर्मीसँग केही बिरामीमा सार्सजस्तो भाइरसका लक्षण देखिएको छ भनेका थिए।

त्यसपछि स्थानीय प्रहरीले भ्रम नफैलाउन चेतावनी दिँदै उनको मुख बन्द गराएको थियो। तर पछि उनले भनेकै कुरा सही साबित भयो अर्थात् कोरोना भाइरस फैलिएको प्रमाणित भयो। जसका कारण उनी सामाजिक सञ्जालमा चर्चित बनेका थिए। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News