पाटन अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु



ललितपुर, भदाैँ १३
पाटन अस्पतालमा दुई कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंकी ५१ वर्षीया महिला र भक्तपुरकी ६२ वर्षीया रहेका छन् ।

उनीहरु दुवै जनाको उपचारको क्रममा मृत्यु भएको हो । पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले दुवैजनाको आइसियूमा उपचारको क्रममा मृत्यु भएको पुष्टि गरे । उच्च रक्तचापको समस्या रहेकी काठमाडौँकी महिला ३० साउनमा पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।

उनको शुक्रबार राति १० बजेको समयमा मृत्यु भएको शाक्यले बताए । भक्तपुरकी महिला ८ भदौमा अस्पताल भर्ना भएकी थिइन् । डा. शाक्यका अनुसार उनको शनिबार बिहान ६ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News