वीरगञ्जमा ५० जनामा कोरोना पुष्टि



वीरगञ्ज, भदाैँ १३
वीरगञ्जमा ५० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हाे ।

१५ वर्षदेखि ५६ वर्षका संक्रमितमध्ये ५ जना महिला छन् । पर्साका ३१, बाराका ८ जना, रौतहटको १ जना, सर्लाहीका २ जना, महोत्तरीका ३ जना, धनुषाका ४ जना र काठमाडौंको १ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । उनका अनुसार संक्रमितको सिटी भ्यालु १५ देखि ३२ सम्म छ ।

पर्साको ३३ जनामध्ये १० जना पोखरिया नगरपालिका, ३ जना कालिकामाई, वीरगञ्जलगायत ठाउँका छन् । यसअघि पर्सामा ४ सय ५८ जना महिलासहित २ हजार ६४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । भने ५ सय ८६ जना कोरोनामुक्त भई घर फर्किएका छन् । ३९ महिलासहित १३१ जना आइसोलेसनमा, १ सय ७ जना महिलासहित ८ सय १९ जना बसेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

शुक्रबार ४ सय ३३ वटा स्वाब नमुना परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News