काठमाडौँबाट स्याङ्जा फर्किदै गरेको एम्बुलेन्स दुर्घटना



काठमाडाैँ, भदाैँ १४
बिरामी छोडेर काठमाडौँबाट स्याङ्जा फर्किदै गरेको एम्बुलेन्स वालिङ्गमा दुर्घटना भएको छ।

बा २ झ ४०११ नम्बरको एम्बुलेन्स वालिङ्ग नगरपालिका ५ माझकोटमा सडकबाट करिव ५०० मिटर तल खसेर दुर्घटना भएकाे प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार एम्बुलेन्समा सवार चालकसहित चारै जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उद्वार गरि वालिङ्ग अस्पताल पठाईएको छ। प्रहरीका अनुसार चारै जनाएको अवस्था गम्भीर रहेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News