सरुवा भएर आएका प्रहरीमा कोरोना पुष्टि




दार्चुला, भदौ १४
दार्चुलामा सरुवा भएर आएका प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोभिड १९ सम्पर्क व्यक्ति विरेन्द्रप्रसाद भट्टले बताए।

उनका अनुसार काठमाडौंबाट सरुवा भएर दार्चुला आएका प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना देखिएपछि प्रहरी जवान क्वारेन्टाइनमा बसेका छन् ।

यस्तै नगरपालिकाका ५१ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ । यहि भदौ ७ गते  जिल्लाको शैल्यशिखर नगरपालिकामा ४३ जनाको स्वाब संकलन गरिएकोमा अन्य ४२ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलालले जनाएको छ । 

यस्तै महाकाली नगरपालिका अन्तर्गत पर्ने जिल्ला प्रहरी कार्यालय दार्चुलामा यहि भदौ ९ गते २१ जना मध्ये २० जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

शनिबार मात्र दार्चुलाका दुई जनामा कोरोना देखिएको थियो । योसँगै दार्चुलामा कोरोना संक्रमितको संख्या ५२ जना पुगेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News