मन्त्रिपरिषदको निर्णय : मगर हङकङ र ढकाल ल्हासामा महावाणिज्यदूत नियुक्त



काठमाडौ, भदाैँ १५
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको मन्त्रिपरिषद बैठकले हङकङ र  ल्हासामा महावाणिज्य दूत नियुक्ति गर्ने निर्णय गरेको छ।

चीनको महावाणिज्य दूतमा नवराज ढकाल र हङकङ  र मकाउको महावाणिज्य दूतमा उदयबहादुर रानालाई नियुक्ति गर्ने निर्णय भएको हो।

राना झापा जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए भने ढकाल वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव हुन्।

हङकङ र मकाउमा उदयबहादुर रानामगर जनजाति समुदायबाट पहिलो महवाणिज्यदूत भएका छन्। उनीहरुलाई महावाणिज्यदूतमा नियुक्त गर्न मंगलबार  परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News