माछा चोरी गर्न खोज्दा करेन्ट लागेर दुई युवाको मृत्यु




चितवन, भदौ १५
माछापोखरी माछा चोरी गर्न खोज्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–८ का अन्दाजी ३५ वर्षीय नवराज दराई र अन्दाजी ३५ वर्षकै निर बहादुर रानामगर रहेका छन् ।

स्थानीय चूडामणि शर्मालगायतले भरतपुर ८ सल्यानी टोलमा सञ्चालन गरेको माछापोखरीको डिलमा राखिएको तारमा करेन्ट लागेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक ९डिएसपी० सूर्य थापाले बताए ।

मृतकहरुको साथमा जालसमेत भेटिएकाले उनीहरू माछा चोर्न गएको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।

माछापोखरीमा दैनिक माछा चोरी भएपछि माछापोखरीको डिलमा राखिएको तारमा रातको समयमा करेन्ट छाड्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News