मृत्युपछि दुई जनामा कोरोना पुष्टि




चितवन, भदौ १६
भरतपुर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूको मृत्युपछि स्वाब लिइएको हो ।

सोमबार राति गरिएको स्वाब परिक्षणमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । भरतपुर महानगरपालिका(११ का ६५ वर्षीय पुरूष , भरतपुर महानगरपालिका(११ की १८ वर्षीया युवती र पूर्वीचितवनको खैरहनी नगरपालिका(१३ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो ।

उनीहरूमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । सोमबार मृत्यु भएका तीन जनासहित चितवनका मात्र मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News