पर्साका कोरोना संक्रमितको विरगञ्जमा मृत्यु



पर्सा, भदौ १७
पर्सामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमितको नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचारको क्रममा मंगलबार राति  मृत्यु भएको हो ।

मृत्यु हुनेमा बारा सिम्रौनगढ नगरपालिका–९ का ९७ वर्षीय पुरुष भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए । 

उनका अनुसार मृत्यु भएका पुरुषमा मुटु रोग र उच्च रक्तचापको समस्या  थियो । स्वास्थ्यमा समस्या देखिएपछि तराई हस्पिटलमा भर्ना भएका उनलाई पछि कोभिड अस्पतालमा रिफर गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News