घाँटी काटिएको अवस्थामा युवकको शव फेला



झापा, भदौ १७
झापामा घाँटी काटिएको अवस्थामा एक युवकको शव भेटिएको छ । जिल्लाको शिवसताक्षी नगरपालिकाको जंगलमा स्थानीय २८ वर्षीय गोमानसिंह मगरको घाँटी काटिएको शव भेटिएको हो ।

मृतकको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ । मगर केही महिना अघि मात्र बहराइनबाट फर्किएका थिए ।

मंगलबार साँझ साढे ६ बजे घरबाट निस्किएका मगर बेपत्ता भएका थिए । घटनास्थलबाट एउटा मोटरसाइकल बरामद भएको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News