रुपन्देहीमा आज विहानै तीन जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं, भदाैँ १९
शुक्रबार विहानै रुपन्देहीमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुने दुई जना सिद्धार्थनगर नगरपालिकाका र एक जना बुटवल उपमहानगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

मृतकमध्ये दुई जनाको बुटवलमा र एकजनाको भैरहवास्थित घरमै मृत्यु भएको हो । बुटवल उपमहानगरपालिका–१० रामनगरस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत् सिद्धार्थनगर नगरपालिका–७ की ६४ वर्षीया महिलाको मृत्यु भएको हो । उनी भदौ ४ गते अस्पताल भर्ना भएकी थिइन। उच्च रक्तचाप, सुगर, मिर्गौला र निमोनियाको समेत समस्या रहेकी उनलाई भदौ १६ गते कोरोना पोजिटिभ रिपोर्ट आएको थियो।

स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा शुक्रबार बिहान साढे आठ बजे मृत्यु भएको हो । त्यसैगरी सिद्धार्थनगर–८ का ४५ वर्षीय पुरुषको पनि शुक्रबार मृत्यु भएको छ। कोरोना संक्रमित उनी मिर्गौलाका बिरामी थिए । भरतपुर अस्पतालमा उपचार गरी भैरहवा आएका उनको बिहान मिर्गौलाको डायलासिस गर्न जाने तयारी गर्दैगर्दा मृत्यु भएको हो । त्यस्तै बुटवलको कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा उपचाररत् ७८ वर्षीय पुरुषको पनि शुक्रबार बिहान मृत्यु भएको छ।

बुटवल–८ मिलन चोक निवासी उनी ९ दिनदेखि कोरोना विशेष अस्पतालमा उपचाररत् थिए। उच्च रक्तचापको समेत समस्या रहेका उनको शुक्रबार बिहान ९ बजे मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News