विराटनगरका दुई जना कोरोना संक्रमित महिलाको मृत्यु



विराटनगर, भदाैँ २०
विराटनगर महानगरपालिका घर भएका दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। एक जनाको विराटनगरस्थित कोशी अस्पतालमा र एक जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।

शुक्रबार साँझ कोशी अस्पतालमा मृत्यु भएकी महिलाको शनिबार बिहान ८ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका बरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिए।

त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगर घर भएकी कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–११ की ४३ वर्षीया महिलाको शुक्रबार साँझ ६ः३० बजेतिर मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News