ड्युटीमा बेहोस भएका प्रहरी जवानको मृत्यु



कैलाली, भदाैँ २०
कञ्चनपुरमा ड्युटीमा खटिएका बेला ढलेर बेहोस भएका एक जना प्रहरी जवानको मृत्यु भएको छ । डडेल्धुरा अजयमेरु गाउँपालिका २ का प्रहरी जवान सुरेन्द्र कुमार ऐरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत उनी राति १२ बजेपछि ड्युटीमा खटिएका थिए । ऐरलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याइएको थियो । उपचारकै क्रममा शनिबार बिहान ५ः५० मा उनको मृत्यु भएको थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News