एकै जिल्लामा २४ घण्टामा चारजना संक्रमितको मृत्यु




विराटनगर, भदौ २०
मोरङमा पछिल्लोृ २४ घण्टामा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार मृत्यु हुनेमा विराटनगरका दुई महिला, बुढीगंगा र धनपालथान गाउँपालिकाका एक एक जना पुरुष छन्।

योसहित प्रदेशमा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । प्रदेशका १ स्थायी ठेगाना भएका २७ जना छन् भने अन्य १२ जना बाहिरका छन् । प्रदेश १ भर कोभिड १९ का ५४ नयाँ संक्रमित थपिएका छन ।

शनिबार प्रदेशका विभिन्न प्रयोगशालमा १ हजार ७६१ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमा २३ महिला र ३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङमा ३४, सुनसरीमा १३, झापामा ५, इलामका एक र प्रदेशबाहिरका एक जना छन् ।

प्रदेश राजधानी विराटनागरमा १४ महिला र १४ पुरुष गरी २८ जनामा संक्रमण देखिएको छ । प्रदेशभर कोरोना संक्रमितको संख्या ३ हजार ८७९ पुगेको छ । शनिबार १६ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News