गण्डकी प्रदेशका प्रहरी प्रमुखलाई कोरोना संक्रमण
काठमाडौं, भदौ २१
गण्डकी प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) घनश्याम अर्याललाई कोरोना संक्रमण देखिएको छ ।
उनलाई कन्ट्याक्ट ट्रेसिङका आधारमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । आज आएको परीक्षणमा अर्यालको रिपोर्ट पोजिटिभ आएको हो ।
कोरोना संक्रमण पुष्टि भएपनि अर्यालको अवस्था सामान्य रहेको छ । कोरोना संक्रमण देखेपछि डीआईजी अर्याल हाल क्वार्टरमै आइसोलेसनमा बसेका छन् ।
प्रकाशित मिति: २१ भाद्र २०७७, आइतबार