कोरोनाबाट झापाकी एक महिलाको मृत्यु



धरान, भदौ २१

कोरोना भाइरसको सङ्क्रमणबाट झापा कन्काई नगरपालिकाकी ४५ वर्षीया महिलाको मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना विशेष अस्पतालमा उपचाररत कन्काई–३ का ती महिलाको आज मृत्यु भएको हो ।

मेची अस्पताल भद्रपुरबाट उपचार हुन नसकेपछि थप उपचारका लागि यही भदौ १८ गते ती महिलालाई प्रतिष्ठानमा रिफर गरिएको थियो । प्रतिष्ठानमा भर्ना हुनासाथ स्वाब सङ्कलन गरेर पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट देखिएको बताइएको छ । तीन–चार दिनदेखि ज्वरो, श्वासप्रश्वासमा समेत समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । मृतक मधुमेहको रोगीसमेत भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिनुभयो ।

यससँगै जिल्लामा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । यसअघि दमक–१ का ५८ वर्षीय पुरुषको काठमाडौँमा र कमल गाउँपालिका–३ का ८३ वर्षीय वृद्धको सोही प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News