विप्लवका जिल्ला सदस्य काठमाडौंबाट पक्राउ



काठमाडौं, भदाैँ २२
सिन्धुलीको तिनपाटन गाउँपालिकास्थित भिमसेन निमाविका प्रधानाध्यापक नारायण भण्डारीको अपहरणमा संलग्न विप्लवका एकजना जिल्ला नेतालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेकाे छ ।

अपहरणमा संलग्न विप्लव समूहका सिन्धुली जिल्ला समिती सदस्य राजिव सुनुवारलाई काठमाडौंको बौद्धबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी एसपी रञ्जु सिग्देलले रातोपाटीलाई बताइन् ।

भदौ १३ मा छात्रवृत्ति वितरणको तयारी भईरहेको बेला प्रअ भण्डारीलाई करिब एक दर्जनको समूहमा आएका विप्लवका कार्यकर्ताले अपहरण गरेका थिए । गाउँलेले उनलाई महभीरको जंगलबाट अपहरणमुक्त गरे ।

अपरहणमा संलग्न गोलन्जोर–१ घर भएका राजिव त्यहाँबाट भागेर काठमाडौं आए । काठमाडौंको जोरपाटी स्थित नेपाल अर्थोपेडिक अस्पतालमा उनि नाम बदलेर भर्ना भएका थिए । रुद्र बहादुर सुनुवारको नाममा अस्पताल भर्ना भएका उनलाई आईतबार साँझ अस्पतालले डिस्चार्ज गरेपछि महानगरीय अपराध महाशाखाले पक्रेर सिन्धुली पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News