विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु



विराटनगर, भदौ २२

प्रदेश १ मा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या लगातार बढिरहेको छ । सोमबार बिहान पनि एउक जना संक्रमितको मृत्यु भएको छ ।

विटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान ३ः१५ बजे उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।चुमनलाल दासले जानकारी दिए ।

वृद्धमा भदौ ११ गने संक्रमण पुष्टि भएको थियो । वृद्ध ‘होम आइसोलेसन’मा बसिरहेका थिए । स्वास्थ्यमा समस्या भएकोले शनिबार अस्पताल भर्ना भएका थिए ।

मृतकमा उच्च रक्तचापको पुरानै समस्या थियो । योसगै विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ जना पुगेको छ । प्रदेशमा ४३ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News