भदौ २६ गते नेकपा स्थायी कमिटी बैठक



काठमाडौं, भदौ २२

नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने भएको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार विहान बालुवाटारमा भएको छलफलमा बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । छलफलमा पार्टी महासचिव विष्णु पौडेलसमेत उपस्थित थिए ।

स्थायी कमिटीको पूर्वनिर्धारित बैठक १३ साउनमा स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News