यस्तो छ आजको मौसम पूर्वानुमान


 


काठमाडाैँ, भदाैँ २३
मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको र स्थानिय वायुको पनि प्रभाव रहेको छ।

स्थानीय वायुको प्रभावका कारण हाल देशका अधिकांश स्थानमा सामान्य बदली भइ प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश,गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आजको मौसम पूर्वानुमानका अनुसार दिउँसो देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राति देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यता, प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: २३ भाद्र २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्