काठमाडौं उपत्यकामा थपिए ३९६ जना कोरोना संक्रमित



काठमाडौं, भदाैँ २३
काठमाडौं उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  मंगलबार गरिएको परीक्षणमा काठमाडौंका ३ सय, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

म‌ंगलबार नेपालमा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ। संक्रमितमध्ये ३२ हजार ९ सय ६४ जना निको भएर घर फर्किएका छन्।  

प्रवक्ता गौतमका अनुसार मंगलबारमात्रै कोरोनालाई जितेर २ हजर २ सय ८७ जना घर फर्किएका छन्। 
 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News