भारतमा एकै दिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित



काठमाडौं, भदाै २५
विश्वव्यापी महामारीका दैनिक संक्रमित संख्या बढ्दो क्रममा रहेको भारतमा पछिल्लो २४ घण्टामा ९५ हजार ५ सय २५ जना संक्रमण देखिएका छन । यो तथ्यांक अहिलेसम्मकै सबैभन्दा बढी हो ।

यसअघि सोमबार ९१ हजार ७२३ जनामा संक्रमण पुष्टि भएर नयाँ कीर्तिमान कायम भएको भारतमा बिहीबार अहिलेसम्मकै धेरै ९५ हजार ५२९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४४ लाख ६२ हजार ९६५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३४ लाख ६६ हजार ८१९ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख २१ हजार ५५ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ । त्यस्तै गत २४ घण्टामा अमेरिकामा ३४ हजार ९४६ र ब्राजिलमा ३४ हजार २०८ जना नयाँ संक्रमित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News