कारागारका ५९ जना कैदीबन्दीमा कोरोना संक्रमण




सिरहा, भदौ २५
सिरहा कारागारका ५९ जना कैदीबन्दीमा कोरोना देखिएको छ । बुधबार कोरोना पुष्टि भएका ६७ जनामध्ये ५९ जना कैदीबन्दी छन् । बाँकी सात जना सैनिक र एक जना मिर्चैया नगरपालिकाका स्थानीय छन् ।

उनीहरूको बुधबार पीसीआर रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । पछिल्लो ३ दिनमा सिरहामा १ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ ।

यससँगै सिरहामा सक्रिय संक्रमितको संख्या २ सय ६५ पुगेको छ । हालसम्म ३ सय ५५ जना निको भएर घर फर्किसकेका छन् । १० जनाको कोरोनाले मृत्यु भइसकेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार समुदाय स्तरमै कोरोना फैलिसकेको छ । संक्रमित थपिँदै गएपछि आइसोलेसन बेडको अभाव हुने देखिएको छ । सिरहामा जम्मा २ सय ५ बेडको आइसोलेसन छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News