पछिल्लाे २४ घण्टामा थपिए १२ सय ४६ कोरोना संक्रमित



काठमाडौं, भदाैँ २५
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको जानकारी दिए। कुल संक्रमित संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ हाजर १ सय ४४ पीसीआर परीक्षण गरिएको छ ।  योसँगै नेपालमा ८ लाख १० हजार ४ सय ८५ पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले जानकारी दिए।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजमर ८ सय १८ जना कोरोना संक्रमित निको भएसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News