ओली-दाहाल एकातिर लाग्दा नेपाल एक्लै, के गर्छन् अब ?




काठमाडौं, भदौ २६
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई गत भदौ ६ गते अध्ययन प्रतिवेदन बुझाउनुअघि नेकपा कार्यदलका सदस्यबीच एउटा विषयमा निकै लामो समय मन्थन भयो ।

पाँच दिनको कार्यादेश पाए पनि सातौं दिनमा प्रतिवेदन बुझाएको कार्यदलका सदस्यबीच लामो समय बहस भएको विषय थियो– ‘एक व्यक्ति, एक मुख्य जिम्मेवारी ।’

पार्टी विधानअनुसार नै एक व्यक्ति एक मुख्य जिम्मेवारीको प्रावधानलाई कार्यान्वयन गर्नुपर्नेमा कार्यदलका अरू सदस्य र शंकर पोखरेलको मत नमिलेपछि यो विषयलाई मौखिक रूपमै राख्ने र प्रतिवेदनको अंगका रूपमा अघि बढाउने सहमति भएको थियो ।

पोखरेल प्रदेश ५ का मुख्यमन्त्री र पार्टीको प्रदेश इन्चार्ज भएकाले आफैंमाथि प्रश्न उठाएर प्रतिवेदन तयार पार्न सहमत नभएका हुन् ।

गत १८ गतेको सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा विधानको धारा ४६ (ख) को व्यवस्थाअनुसार एक व्यक्ति एक मुख्य जिम्मेवारीको विषयमा कार्यदलको प्रतिवेदनले नजरअन्दाज गरेको भन्दै अध्यक्षद्वयले ल्याउने प्रस्तावमा समेटिनुपर्ने माग गरेका थिए ।

तर शुक्रबारदेखि सुरु हुने पार्टी स्थायी कमिटी बैठकमा पेस गर्न भनेर अध्यक्षद्वयले तयार पारेको प्रस्तावमा समेत नेपालले उठाएको योसहित अरू थुप्रै विषयलाई सम्बोधन नगरिएकाले नेपालसहित उनी पक्षधर नेताहरू फरक मत राख्ने योजनामा छन् ।

नेपाल पक्षका नेताहरूले फरक मत राखे गत असार १० गते स्थायी कमिटी बैठक सुरु भएयता नेकपामा जुन दृश्य देखिएको थियो, त्यो बदलिनेछ । कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News