मन्त्री घिमिरेको कोरोना रिपोर्ट पुन पोजेटिभ



विराटनगर, भदौ २६

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुन ः पोजेटिभ आएको छ ।
कोरोना लक्षण देखिएको दुईसाता पछि विहीबार गरिएको पीसीआर परीक्षण रिपोर्ट आज पुन ः पोजेटिभ आएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षणहरु हराउँदै गएकाले पुन ः परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री घिमिरेको स्वकीय सचिवालयले जनाएको छ । रुघाखोकी, जिउदुख्ने लक्षण बाहेक डाईरिया, टाउको दुख्ने, ज्वरो जस्ता समस्या समाधान हुँदै गएको प्रमुख स्वीकय सचिव तिलकबहादुर बस्नेतले बताए । । वस्नेतका अनुसार मन्त्री घिमिरेको रक्तचाप र अक्सिजनको मात्रा सामान्य छ ।
मन्त्री घिमिरेलाई भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनुअघि देखि नै उनलाई सामान्य लक्षणहरु देखिएपछि भदौ १३ गते साँझदेखि होम आईसोलेसनमा थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News