परिमार्जन गरेर एमसीसी अनुमोदन गर्ने नेकपाको निर्णय


 



काठमाडौं, भदौ २६
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले आज बसेको स्थायी कमिटीको बैठकले एमसीसीलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर पारित गर्ने निर्णय गरेको बताए। उनका अनुसार के संशोधन र परिमार्जन गर्ने भन्ने विषयमा वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको समितिको सुझावका आधारमा काम हुने बताए।

त्यस्तै श्रेष्ठका अनुसार चैत २५ गतेदेखि ३० गतेसम्म काठमाडौंमै महाधिवेशन गर्ने निर्णय बैठकले गरेको हो । महाधिवेशनको तयारीका सम्बन्धमा छलफलका लागि २०७७ कात्तिक १५ गतेदेखि १७ गतेसम्मका लागि केन्द्रीय समिति बैठक बोलाइएको छ ।

बैठकमा बोल्दै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले देशी र विदेशी शक्तिले पार्टी फुटाउन चाहेको तर त्यसलाई आफूहरुले असफल पारेको प्रष्ट पारेका थिए ।

प्रकाशित मिति: २६ भाद्र २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्