सिलिण्डर विष्फोट हुँदा घाइते



काठमाडौं, भदौ २७

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९, महाङ्टारस्थित एक घरमा विष्फोट भएको छ । घटनामा स्थानीय ४८ वर्षीया मिरा जोशी घाइते छिन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार प्रारम्भिक अनुसन्धानमा ग्यास सिलिण्डर विष्फोट भएर घटना भएको हुनसक्ने देखिएको छ ।

‘ग्यासका कारण बिहान ६ बजे भान्सा कोठामा विष्फोट भएको हुनसक्ने देखिएको छ’, उनले भने, ‘घाइतेको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News