३५ लाखमा कछुवा बेच्न खोज्दा…




काठमाडौं, भदौ २८
महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको संयुक्त टोलीले ३५ लाखमा कछुवा बेच्न खोज्ने पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौँको कंलकीस्थित मकालु पेट्रोल पम्प नजिकैबाट कछुवासहित ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुर्खेत जिल्लाका २५ वर्षीय सर्वराज बुढा, नुुवाकोटका १८ वर्षीय सुुरेन्द्र श्रेष्ठ, काभ्रेका २७ वर्षीय सन्तोष रम्तेल, रौतहटका १८ वर्षीय रुपेश तिमल्सिना र नुवाकोटका १९ वर्षीय प्रमोद बाँस्कोटा छन् ।

प्रहरीकाअनुसार उनीहरु ३५ लाखमा बेच्ने योजनासहित एउटा कछुवा बोकेर शनिबार चितवनबाट काठमाडौं आएका थिए । अभियुक्तलाई हिरासतमा राखेर कारबाही अघि बढाइएको महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीले जानकारी दिए ।

कछुवालगायत वन्यजन्तुको अवैध तस्करी गर्नेमाथि वन्युजन्तु ऐनअनुसार काबाही हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News