सञ्चार गृहमा आक्रमणः दोषीलाई पक्राउ गर्न २४ घण्टे अल्टिमेटम




धनगढी, भदौ २७
धनगढीस्थित दिनेश संचारगृहमा प्रवेश गर्दै त्यहाँ कार्यरत पत्रकारलाई कुटपिट गर्ने व्यक्तिहरुलाई तत्काल कानूनी दायरामा ल्याउन माग गर्दै पत्रकार महासंघ कैलालीलाई प्रमुख जिल्ला अधिकारीलाई २४ घण्टे अल्टिमेटन दिएको छ ।

घटना भएको दुई दिनसम्म पनि दोषीलाई पक्राउ गर्न नसकेको भन्दै पत्रकार महासंघको अगुवाईमा गएको पत्रकारहरुको टोलीले प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ध्यानाकर्षण पत्र बुझाउँदै अल्टिमेटम दिएको हो ।

महासंघको अगुवाईमा शनिबार भएको छलफलपछि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ध्यानाकर्षण पत्र बुझाउँदै २४ घण्टे अल्टिमेटन बुझाइएको महासंघका अध्यक्ष जगत साउँदले जानकारी दिए ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बोहराले आइतबारसम्ममा दोषीलाई पक्राउ गर्ने आश्वासन दिएका छन् । उनले घटनाबारे अनुसन्धान पनि भइरहेको जानकारी दिए ।

कैलाली प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षको सौचालयमा मृत भेटिएका व्यक्तिको बारेमा सम्प्रेषित समाचार डिलिट गर्नुपर्ने माग गर्दै शुक्रबार दिनेश सञ्चार गृहमा आक्रमण भएको थियो । त्यहाँ कार्यरत पत्रकार र कर्मचारीमाथि एक समूहले कुटपिट गरेको थियो ।

प्रहरीले दिएको जानकारीको आधारमा दिनेश खबरले धनगढीमा प्रहरीको थुनुवा कक्षभित्र १९ वर्षीय युवकले आत्महत्या गरेको समाचार सम्प्रेषण गरेको थियो । तर सञ्चार गृहमा आक्रमण गर्नेहरुले भने त्यो आत्महत्या नभई हत्या भएको भन्दै समाचार डिलिट गर्नुपर्ने वा सच्याउनुपर्ने भन्दै पत्रकारलाई कुटपिट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News