सिन्धुपाल्चोकमा फेरि बाढी पहिरो : १८ घर पुरिए, १२ जना बेपत्ता




काठमाडौं, भदौ २८
सिन्धुपाल्चोकमा फेरि बाढी पहिरोले ठूलो मानवीय क्षति भएको छ । बाढी पहिरोले १८ घर पुरिएका छन् भने १२ जना बेपत्ता भएका छन् ।

जिल्लाको बाह्रविसे नगरपालिकाका भिरखर्क, नागपुजे र चाङसारमा शनिवार राति पहिरो जांदा दुई दर्जन घरहरु पुरिएका छन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले क्षतिको एकिन विवरण आइनसकेको तर घटनास्थलमा सुरक्षाकर्मी परिचालन भइसकेको जानकारी दिए ।

सिन्धुपाल्चोकमा गत साउनदेखि बाढी र पहिरोका कारण ठुलो मात्रामा धनजनको क्षति  भएको छ । गत साउन ३० गते विहान जुगल गाउंपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो भने दुईजना अझै बेपत्ता छन् ।

शनिवार राति आएको बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भएको जानकारी आएसंगै त्यस क्षेत्रका सांसद तथा प्रतिनिधीसभाका सभामुख अग्नी सापकोटा सिन्धुपाल्चोकतर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News