सिन्धुपाल्चोकमा सुख्खा पहिरो खस्न थाल्यो, उद्धारमा कठिनाई




काठमाडौं, भदौ २८
सिन्धुपाल्चोकमा सुक्‍खा पहिरो खस्‍न थालेपछि उद्धारमा कठिन भएको छ । जिल्लाको बाह्रबिसे नगरपालिका ७ मा बिहान ३ बजेको आसपासमा पहिरो गएको थियो ।

पहिरोमा २५ बढी बेपत्ता भएको र अहिलेसम्म चार जनाको शव फेला परेको स्थानीयले जानकारी दिएका छन् ।

तीनजनाको शव उत्खनन गरेर निकालिएको र अर्को एकजनाको शव देखिएको स्थानीयको भनाइ छ । भिरखर्कबाट सुरु भएको पहिरो नागपुजे छिचोलेर भोटेकोसीमा खसेको थियो । 

उनकाअनुसार अहिले हामी पीडितहरूलाई सुरक्षित स्थानतर्फ सारिरहेको छ । यसैबीच सभामुख अग्‍नि सापकोटासहितको टोली स्थलमार्ग भएर पहिरोस्थल पुगेको छ । साउनयता सिन्धुपाल्चोकका पटकपटक विपत्तिका घटना भएका छन् । गत साउन ३० गते जुगल गाउँपालिका २, लिदीमा पहिरो जाँदा ३६ जनाको मृत्यु भएको थियो । २ जना अझै बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News