काठमाडौंमा ४८३ सहित उपत्यकामा थपिए ५९७ कोरोना संक्रमित



काठमाडौं, भदाैँ २८
काठमाडौं उपत्यकामा आइतबार थप ५९७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।

आइतबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ गरी जम्मा ५९७ संक्रमित थपिएका हुन् ।

यस्तै बितेको २४ घण्टामा उपत्यकासहित देशभर भने १ हजार ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाे छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या  ३४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News