कोरोनाबारे गलत प्रचार गर्ने तीन जनालाई कारबाही




लमजुङ, भदौ २८
लमजुङमा कोरोना भाइरस सङ्क्रमणबारे गत प्रचार गर्ने तीन जनालाई कारबाही गरिएको छ ।

लमजुङको बेसीशहर नगरपालिका वडा नं. ७ का ४० वर्षीय पुरुष, ४५ वर्षीय महिला र वडा नं. ११ का २९ वर्षीय पुरुषलाई आइतबार जिल्ला प्रशासन कार्यालयमै बोलाएर जरिवाना गराइएको छ ।

उनीहरुबाट कारबाहीस्वरुप प्रतिव्यक्ति पाँच सय रुपैयाँ जरिवाना गराइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

सामाजिक सञ्जाल र कोरोना सङ्क्रमित परिवारलाई भेटेर कोरोनाका बारेमा गलत प्रचार गर्ने, कोरोना सङ्क्रमित परिवारलाई अपहेलना गर्ने र समाजमा अनावश्यक भ्रम फैलाउने गरेकाले पहिलो पटक उनीहरुलाई कारबाही गरिएको उनले बताए ।

सङ्क्रमण रोग ऐन, २०२० को दफा (२) विरुद्धको गतिविधि गरेको र उनीहरुलाई छ महिनासम्म कैद सजाय हुने व्यवस्था छ । तर, पहिलो पटक भएकाले तीन जनालाई कारबाही स्वरुप जरिवाना गरेर छाडेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News