वीरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु


 


वीरगञ्ज, भदाैँ ३०
एक कोरोना संक्रमित महिलाकाे उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको हो ।

उनको उपचारको क्रममा सोमबार साँझ ७ः१५ बजे उनको मृत्यु भएको अस्पतालका प्रवक्ता एवम् बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए । उनलाई सोमबार बिहान ११ः१५ बजे नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

मधुमेह र हाइपरटेन्सनको समस्याले ग्रसित उनमा कडा कोभिड निमोनिया देखिएको थियो । तत्कालै आइसियू कक्षमा राखेर उपचार शुरु गरिएको थियो । जिन एक्सपर्ट विधिबाट कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति: ३० भाद्र २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्