सिमेन्ट कारखानामा आगलागी


 



झापा, भदौ ३०
झापाको हल्दिबारी नगरपालिकाझ३ ऐनाबारीस्थित कावेली सिमेन्ट ईन्डस्ट्रिज प्रालिको सिमेन्ट कारखानामा आगलागी भएको छ।

आज बिहान परेको चट्याङबाट विद्युत सर्ट भइ आगलागी हुँदा उद्योगमा आगलागी भएको हो । आगलागीबाट करिब एक करोड ५० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ।

प्रकाशित मिति: ३० भाद्र २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्