नेपालमा काेराेना संक्रमितकाे संख्या साढे ५६ हजार नाघ्याे


 


काठमाडौं, भदाैँ ३०
पछिल्लो २४ घण्टायता थप १ हजार ४ सय ५९ नयाँ संक्रमित थपिएका छन्। हालसम्म ५६ हजार ७ सय ८८ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

हाल देशभर सक्रिय संक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ७९ छ । यस्तै ८ हजार १ सय ३९ जना संस्थागत आइसोलेशनमा छन्। ७ हजार ६ सय ४० जना होम आइसोलेशनमा छन्। 

आज १० हजार ३ सय ७५ जनाको पीसीआर परीक्षण भएको छ। हाल क्‍वारेन्टिनमा ७ हजार २ सय ५०  छन्। 

यस्तैगरी आज १ हजार ६२ जना निको भएर घर फर्किएका छन्। हालसम्म ४० हजार ६ सय ३८ जना निको भएका छन्। यो ७१ दशमलव ५ प्रतिशत हो। 

प्रकाशित मिति: ३० भाद्र २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्