कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ३७१ पुग्‍यो


 


काठमाडौं, भदाैँ ३०
कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको हो । 

सोमबार देशभर कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको थियो भने आइतबार ९ जनाको मृत्यु भएको थियो । 

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ । 

प्रकाशित मिति: ३० भाद्र २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्