काठमाडाैंमा ५५५ सहित उपत्यकामा थपिए ६७६ काेराेना संक्रमित



काठमाडौं, भदाैँ ३०
काठमाडौं उपत्यकामा मंगलबार थप ६७६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लो समय उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइएसँगै संक्रमित पनि बढ्दै गएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर भने १ हजार ४५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको बताए ।

नेपालमा मंगलबार काेराेना भाइरसकाे संक्रमणबाट थप ११ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३७१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News