कुलोमा करेन्ट प्रवाह हुँदा तीन बालबालिकाको मृत्यु, गाउँ शोकमा डुब्यो


 



दाङ, भदौ ३०
दाङको घोराही उपमहानगरापलिकाका करेन्ट लागेर तीन बालबालिबालिकाको मृत्यु भएको छ ।

कुलोमा नुहाउँदै गरेका अवस्थामा पानीमा करेन्ट लाग्दा घोराही उपमहानगरपालिका वडा नम्ब्र १० उत्तर अमराईका १० वर्षीया बालिका रेणुका चौधरी, आठ वर्षीय बालक प्रशान्त चौधरी र ३ वर्षीय बालक अमृत चौधरीको मृत्यु भएको हो।

नजिकै एक घरमा मरेको मान्छेको शुद्धशान्तिका क्रममा कुलोबाट पानी तान्नलाई मोटर जोडेको अवस्थामा पानीमा करेन्ट प्रवाह हुँदा तीन बालिकाहरुको मृत्यु भएको दाङ प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले जानकारी दिए।

पानी तान्ने मोटर र घरधनीलाई प्रहरीले नियन्त्रणमा लिएर लिएर अनुसन्धान थालेको छ । एकै गाउँका तीनजना बालबालिकाको करेन्ट लागेर मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ।

प्रकाशित मिति: ३० भाद्र २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्