सिआईबीका २६ प्रहरीलाई कोरोना संक्रमण पुष्टि



काठमाडौँ, भदाैँ ३१
केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत २६ जना प्रहरी कर्मचारीलाई कोरोनाभाइरसको संक्रमण भएको छ । संक्रमित हुनेमध्ये एकजना प्रहरी नायब उपरीक्षक (डिएसपी) छन् ।

ब्यूरोको ब्यारेकमा बस्ने ८ जना प्रहरीलाई भदौ २४ मा पहिलोपटक संक्रमण पुष्टि भएको थियो । उनीहरुका कन्ट्याक्ट ट्रेसिङका आधारमा थप प्रहरीलाई संक्रमण देखिएको हो ।

संक्रमित प्रहरी कर्मचारीलाई सामाखुसीस्थित पहरा गण र नम्बर–२ गण महाराजगञ्जको आइसोलेशनमा राखिएको छ । केही प्रहरी कर्मचारी भने ‘होम आइसोलेशन’मा बसेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News