भोजपुरमा धमाधम विकास, खानेपानी आयोजनाको काम सम्पन्न


 


भोजपुर, भदौ ३१

रामप्रसादराई गाउँपालिका–४ दलगाउँमा रु एक करोड बढी लागतमा भुमेथान लिफ्टिङ आयोजनाको काम सम्पन्न भएको छ ।

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको रु ७१ लाख, प्रदेश नं १ सरकारको रु छ लाख ९० हजार, गाउँपालिकाको र वडा कार्यालयको रु २३ लाख गरी रु एक करोड ९० हजार लागतमा आयोजनाको काम सम्पन्न भएको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिनुभयो ।

आयोजनाबाट विगतका वर्षमा पानीको अत्यन्तै समस्या झेल्दै आएका १२० घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् । दलगाउँको सावुवा खोलाबाट करिब ५५० मिटरको उचाइमा चारवटा रिर्जभ ट्याङ्की निर्माण गरेर पानीलाई बस्तीसम्म ल्याइएको वडाध्यक्ष फौदसिं कार्कीले जानकारी दिनुभयो । निर्माण सम्पन्न भएसँगै आयोजनाको सांसद सुदन किराँतीले उद्घाटन गर्नुभएको छ । लिफ्टिङ खानेपानी आयोजनाको काम २०७६ जेठबाट शुरु भएको थियो ।

प्रकाशित मिति: ३१ भाद्र २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्