कोरोना संक्रमितको विराटनगरमा मृत्यु



विराटनगर असोज १

प्रदेश १ मा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या थपिदै गएको छ । विराटनगरमा कोरोना भाइरसको संक्रमणका कारण बुधबार राति थप एकजनाको मृत्यु भएको छ ।

कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका विराटनगर ६ का ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्यमा समस्या भएपछि बुधबार राति ११ बजेतिर अस्पताल भर्ना भएका उनको एक घण्टापछि मृत्यु भएको थियो । मृत्युपश्चात स्वाब संकलन गरेर जाँच गर्दा बिहीबार बिहान पोजेटिभ रिपोर्ट आएको अस्पतालका आइसोलेसन इञ्चार्ज डा।लक्ष्मीनारायण यादवले जानकारी दिए ।

ज्वरो खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले ती पुरुषलाई लाइफगार्ड अस्पताल विराटनगर हुँदै कोशी पुर्‍याएका थिए । लाईफगार्ड अस्पतालले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई कोशी अस्पताल पठाएको थियो ।

योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News