देशभर १२ सय ४६ काेराेना संक्रमित थपिए


 


काठमाडौं, असाेज १
नेपालमा बिहीबार थप १ हजार २४६ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार २४६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ५९ हजार ५७३ पुगेको मन्त्रालयले जनाएकाे छ । यस्तै बितेको २४ घण्टामा १ हजार २४३ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ४२ हजार ९४९ पुगेको छ ।

यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३८३ पुगेको छ।

प्रकाशित मिति: १ आश्विन २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्