पत्रकार महिला पहराई मृत फेला


 



धनगढी, असोज २
कैलालीको घोडाघोडी नगरपालिकास्थित कैलाली एफएममा कार्यरत एक पत्रकार महिला मृत फेला भेटिएकी छन् ।

२३ वर्षीया निर्मला पहराई घोडाघोडी नगरपालिका ५ को जङ्गलमा मृत फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । जङ्गलमा शव फेला परेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सुखडका प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए ।

आफन्तका अनुसार पहराइ भाद्र ३१ गतेबाट सम्पर्कविहीन भएकी थिइन् । दुई दिन सम्म पनि सम्पर्कमा नआए पछि असोज १ गते मात्रै आफन्तहरूले प्रहरीमा खबर गरेका थिए । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख बोहराले बिहीबार प्रहरीमा खबर आए लगत्तै खोजी कार्य सुरु भएको बताए ।

खोजी गर्ने क्रममा आफन्त र प्रहरीको टोलीले उनको शव वडा नम्बर ५ को जङ्गलमा फेला पारेको हो । उनी क्रियाशिल दलित पत्रकार कैलालीको सहसचिव पनि थिइन् ।

प्रकाशित मिति: २ आश्विन २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्