पेट्रोल बोकेको ट्यांकर त्रिशुलीमा खस्यो


 



धादिङ, असोज ४
पेट्रोल बोकेको ट्यांकर त्रिशुली नदीमा खसेको छ । ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको हो ।

ट्याङ्कर चालक र सहचालक प्रहरीको सम्पर्कमा आइसकेको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए ।

नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्